२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करका दरबारे अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए मौन बस्दैनौं– एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले करका दर हेरफेरको विषयमा अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएमा एमाले चुपचाप नबस्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक गिरीले करका दरको विषयमा अर्थमन्त्रीको चित्तबुझ्दो जवाफ माग गरेका हुन् ।

‘हामी सुशासनको पक्षमा छौं । यसको विषयमा अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्‍यो । होइन भने संसदीय छानबिन समिति बनाएर छानबिन गराएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने ।

सचेतक गिरीले बजेट निर्माण हुनुअघि मध्यवर्गीहरूले चढ्ने ११ सय गाडी नेपाल भित्रिनुमा शंकास्पद रहेको बताउदै भने, ‘महंगा गाडीमा भन्सारशुल्क खासै बढाइँदैन । तर, मध्यमवर्गीयहरूले चढ्ने गाडीमा भन्सार शुल्क बढाइन्छ । ती सबै कुरा कसरी भइरहेका छन् । आम जनताले जान्न चाहेका छन् । आज १५ प्रतिशत अन्तशुक्ल र भन्सार शुल्क बढेका साना गाडीहरू छन् । ती साना गाडीहरुमा ११ सय गाडी भित्रँदा राज्यलाई ९३ करोड नोक्सान हुन पुगेको छ ।’