२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २५.६६ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । सोमवार १७.३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा वृद्धि भएको छ ।

मंगलवार नेप्से परिसूचक २५.६६ अंक बढेर १९२७.६५ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.८७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेका छन् ।

मंगलवार कारोबारमा भएका २६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता शेयर १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमवारको तुलनामा कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । सोमवार १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.६७ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ ।

त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक २५ अंकले बढ्दा न्यादी हाइड्रोपावरको शेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै सोल्टी होटलको शेयरमूल्य ८.७५ प्रतिशत बढेको छ। मंगलवार सोल्टी होटलको ९ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।