२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवप्रवेशी चर्च ब्वाइज बन्यो ए डिभिजन लिगको च्याम्पियन



नवप्रवेशी टोली चर्च ब्वाईज
अ+ अ-

काठमाडौँ । साविक विजेता मच्छिन्द्र फुटबल क्लवलाई हेड टु हेडमा पछि पार्दै यसै सिजन बढुवा भएको चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न २५ औं खेलमा थ्री स्टार क्लवसँग गोल रहित बराबरीमा रोकिएसँगै चर्च ब्वाईज एक खेल अगावै मच्छिन्द्रलाई हेड टु हेडमा पछाडि पार्दै लिगको च्याम्पियन भएको हो । चर्च ब्वाईजले मच्छिन्द्रलाई पहिलो लेगमा गोल रहित बराबरी र दोस्रो खेलमा २–१ ले हराएको आधारमा ४४ औं संस्करणको शहीद स्मारक ए डिभजिन लिग च्याम्पिन भएको हो ।

पहिलो सिजनमा उपाधि उचालेको चर्च ब्वाईज लिगको उपाधि उचाल्ने १६ औं टोली भएको छ । यसअघि मनाङ मस्र्याङ्दी फुटबल क्लवले सर्वाधिक ८ पटक उपाधि उचालेको छ भने रानीपोखरी कर्नर टिम (आरसिटी) ले ६ पटक लिगको उपाधि उचालेको छ । साथै चर्च ब्वाईज मनाङ मस्र्याङ्दी पछि लगातार ए, बी र सी डिभिजन लिग जित्ने दोस्रो टोली भएको छ । २०६६ सालमा स्थापना भएको चर्च ब्वाईज २०७८ मा सी च्याम्पियन, २०७९ मा बी च्याम्पिन हुँद शीर्ष डिभिजन लिगमा उक्लिएको थियो । यसअघि मनाङ २०४१ मा सी च्याम्पियन हुँदै बी डिभिजनमा उक्लिएको मनाङले २०४२ मा नै बी च्याम्पियन र २०४३ मा ए डिभिजन लिगको च्याम्पियन भएको थियो ।

१४ वर्षको समयावधिमा नयाँ च्याम्प्यिन चर्च ब्वाईजले २५ औं चरणसम्म आइपुग्दा १२ जित, ९ बराबरी र ४ खेल गुमाएको छ र एक खेल खुमलटारसँग खेल्न बाँकी छ । यस्तै प्रशिक्षक बालगोपाल महर्जनको नाममा पनि पहिलो शहीद स्मारक ए डिभिजन लिगको उपाधि हात लागेको छ । २०६१ सालमा खेलाडीको रुपमा थ्री स्टारका लागि शीर्ष डिभिजन लिगको उपाधि उचालेको बालगोपालले २०८० मा चर्च ब्वाईजलाई प्रशिक्षकको रुपमा उपाधि दिलाउन सफल भएका हुन् । नेपाली फुुटबलमा सफल प्रशिक्षकको रुपमा चिनिएका बालगोपाल महर्जनजले नेपालकालागि उमेर समूह र केही अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् । सातौं चरणसम्म प्रदीप हुमागाईंले प्रशिक्षण गरेको टोलीलाई त्यसपछि बालगोपालले सम्हालेका थिए ।

मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोली चर्च ब्वाईज र थ्री स्टारले स्पष्ट जितका लागि खेल पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा गोल रहित बराबरीमा रोकिन पुगेका हुन् । बराबरी पछि चर्च ब्वाईज दोस्रो स्थानको मच्छिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुवै खेल जितेपनि मच्छिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मच्छिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ । यता बराबरीमा रोकिएको थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

लिग अन्र्तगत मंगलवार नै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले १–१ गोलको बराबरी खेलेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलको दोस्रो मिनेटमा दिनेश हेन्जनको गोलबाट अग्रता लिएको आर्मीले कायम राख्न असफल भएको थियसो । ३९ औं मिनेटमा अहम्मेद हिजाजीले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । त्यसपछिको बाँकी समयमा दुवै टोलीले स्पष्ट अंकका लागि प्रयास गरे पनि सफल हुन सकेनन् र अंक बाँड्न बाध्य बन्यो । यस नतिजासँगै आर्मीको २५ खेलबाट ३१ अंक भएको छ भने पुलिसको समान खेलबाट ३८ अंक छ ।

यस्तै च्यासल मैदानमा भएको खेलमा रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको खुमलटारले बलियो एपिएपफमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । विभागीय टोली एपिएफमाथि शुरुवातबाट नै गर या मरको अवस्थामा मैदान उत्रिएको खुमलटारले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेर एक गोल खान पुगेको थियो । पहिलो हाफमा अग्रता दिलाउने क्रममा मेसुके ओलोमोउले १३ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई २–० को अग्रता निकालेका थिए । दोस्रो हाफमा पनि आक्रमक खेललाई निरन्तरता दिएको खुमलटारका लागि ५५औं मिनेटमा स्टेफन विनोङले टोलीका लागि तेस्रो गोल थप्दा दोस्रो हाफमा इन्जुरी समयमा एपिएफका सनिस श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए । जितसँगै खुमलटारको २५ खेलमा २७ अंक जोडेको छ । पराजित व्यहोरेको एपिएफ समान खेलबाट ३० अंक छ ।