२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेको छः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेको टिप्पणी गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने जिकीर गर्नु भएको हो । अध्यक्ष ओलीले बहुमत भएकाले संसदबाट बजेट पारित भएपनि त्यसले कुनै परिणाम नदिने दावी समेत गर्नु भयो । सरकार यथास्थितिवाद र पश्चागमनको मार्गमा रहेको भन्दै उहाँले कुनै पनि काम गर्ने उत्साह र जाँगर नभएको दोहोर्याउनु भयो ।

ओलीले भन्नु भयो, ‘यो सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाएको छ । मुलुकको अर्थतन्त्रको नेतृत्व यो सरकारले गर्न सक्दैन । सक्छ भनेर बहस गर्नु होला । सक्छ भनेर पास गर्नु होला । अर्को वर्षमा परिणाममा हेर्नुहोला । उत्साह, जाँगर र दृढ निश्चय सरकारसँग छैन भन्ने अव छर्लङ्ग भईसकेको छ । सरकार यथार्थपरक होईन यथास्थितिवाद, अग्रगमन होइन, पश्चागमनको मार्गमा छ । नेपाललाई विकसित देशमा रुपान्तरण गर्न, नेपालीलाई सम्पन्न र उच्च जीवन स्तरमा पु¥याउन नसक्ने आफैं स्विकार गरेको बजेटले नेपाली अर्थतन्त्रको सामथ्र्यको अवमूल्यन गरेको छ ।’

अध्यक्ष ओलीले नेपाललाई विकसित देशमा रुपान्तरण गर्ने र नेपाली जनतालाई सम्पन्न बनाउन नसक्ने कुरा बजेटमार्फतनै सरकारले स्विकार गरेको बताउनु भयो ।