२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा संक्रमण नियन्त्रण नहुँदै नाकामा भारत जानेकाे भीड



अ+ अ-

काठमाडौं । कोरोना महामारीको डरले स्वदेश फर्केका नेपाली कामदार कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारततिर जान थालेका छ्न । घरमा बस्दा आर्थिक समस्या भए पछि खर्च जोहोका लागि महामारीकैबीच पुनः भारततिर जान थालेका हुन । उता, केहि न केहि काम पाई हाल्ने आशमा गौरीफन्टा नाका भएर कामको खोजीमा भारत जानेको सङ्ख्या बढ्दै गएको छ । भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली कामदार ज्यान जोगाउन स्वदेश फर्केका थिए ।

स्वदेश फर्केका कामदारसङ्गै नयाँ भेरियन्टसहितको कोरोना पनि भित्रिएको थियो । अहिले पनि नेपाल, भारत दुबै देशमा कोरोना महामारीको जोखिम उच्च नै छ । तैपनि, आर्थिक समस्या आइपरेपछि बाध्य भएर कामको खोजीमा पुनः भारततिर जान थालेको कामदारहरु बताउँछन् । गोदावरी नगरपालिका ७ का चन्द्रबहादुर विष्टले आर्थिक समस्याका कारण कोरोना जोखिमकैबीच कामको खोजीमा भारत जान लागेको बताए । उनले लागेको ऋण तिर्न र बालबच्चा पाल्न घरमा बसेर सकिन्नू, उनले भने ।

बाध्यताले कोरोना जोखिमकैबीच कामको खोजीमा जादैछु । कोरोना सङ्क्रमणका कारण भारतको कैयौं सहरमा धमाधम लकडाउन भएपछि कतिपय नेपाली बेरोजगार भएका कारण फर्किएका थिए, भने कतिपय कोरोनाको त्रासले । फर्केको केहि समयपछि फेरि उतै जान थालेका छ्न ।

पहिलो लहरको कोरोना सङ्क्रमणको बेला पनि भारतबाट फर्केका नेपाली कामदार महामारीकैबीच कामको खोजीमा भारततिरै गएका थिए । आफ्नो मुलुकमा रोजगारी नपाएकाले आफू जस्ता निम्न वर्गका धेरै व्यक्ति रोग, भोकसमेत नमानेर भारत जान बाध्य भइरहेको जोशीपुर गाउँपालिकाका पदमराज अवस्थीले बताए । यहाँ रोजगारी नपाएकाले गरिबीका कारण भारतमा गएर गुजारा गर्दै आएको उनको भनाइ थियो ।

दोस्रो लहरको कोरोना सङ्क्रमण चैतदेखि बढेको थियो । वैशाखमा सङ्क्रमण र मृत्युदर निकै उच्च भएको बेला गौरीफन्टा नाकाबाट तीन हजार ९९३ जना भारततिर गएका छन । यसैगरी, जेठको हालसम्म पाँच हजार ६८९ जना नेपाली भारततर्फ गएको त्रिनगर हेल्थ डेस्कले जनाएको छ । चैतदेखि हालसम्म गौरीफन्टा नाका भएरमात्रै १८ हजार ७७२ जना भारततिर गइसकेको डेस्कका इन्चार्ज गणेश साउदले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।