२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा सबैभन्दा लामो नाक भएका व्यक्ति



अ+ अ-

एजेन्सी । संसारमा धेरै मानिसहरु छन् जो आफ्नो अनौठो कुराहरु को लागी प्रसिद्ध छन् । यी अनौठो कुराका कारण एक व्यक्तिको नाममा विश्व कीर्तिमान छ । एक व्यक्तिबारे चर्चा गरौं जसको नाकले उनलाई विश्वभर चर्चित बनायो ।

आफ्नो नाममा यो कीर्तिमान बनाउने व्यक्तिको नाम मेहमेत ओज्युरेक हो । उनी टर्कीका बासिन्दा हुन् । मेहमेत ओज्युरेकको नाक संसारमा अवस्थित कुनै पनि मानिसको नाक भन्दा ठूलो छ । टर्कीका मेहमेतको यसै महिनामा निधन भयो । उनको आजभन्दा २० दिनअघिमात्र ७३ वर्षको उमेरमा निधन भएको हो । ओज्युरेकको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

यो कीर्तिमान विगत ११ वर्षदेखि टर्की निवासी मेहमेत ओज्युरेकको नाममा छ । उनको नाकको लम्बाइ ८.८ सेन्टिमिटर (३.४६ इन्च) रहेको थियो । उनको अनुहारको अगाडि साढे तीन इन्चको नाक थियो ।

विश्वको सबैभन्दा ठूलो नाक भएको व्यक्तिको नाम मेहमेत ओज्युरेक मार्च २०१० मा गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको थियो । उनको कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन ।

यद्यपि, इतिहासमा सबैभन्दा लामो नाकको रेकर्ड थोमस भेडर्स (युके)को नाममा छ । थोमसको नाक लगभग १९ सेन्टिमिटर लामो थियो जुन अविश्वसनीय छ, तर उनी पनि जीवित छैनन् ।




भर्खरै