२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटको गन्तव्य असपष्ट भयो– पृथ्वी सुब्बा गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद पृथ्वी सुब्बा गुरुङले आगामी आर्थिक वर्षको वार्षिक बजेटको गन्तव्य अस्पष्ट रहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँ ७५३ वटा सरकार छ भन्ने भुलेको र बजेट एकात्मकतावादी भएर आउको उल्लेख गर्नुभयो ।

राजनीतिक अर्थशास्त्र नबुझेको बजेट आएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “पञ्चायत र बहुदलमा जस्तै बजेट आएको छ ।”

बहुदल कालको ५०र६० करोडको बजेटमा एउटा पालिकाले तीन लाख, दश लाख, १५ लाख, बीस लाख पाउने गरेको उल्लेख गर्दै सांसद गुरुङले भन्नुभयो, “त्यस्तै त्यस्तै अधिकार पाउने कुराको हिसाब गर्दा यो बजेटलाई पञ्चायतकालीन बजेटको पुनरावृति भयो भन्न सकिन्छ । यो बजेटलाई बहुदल कालको बजेटको पुनरावृति भयो भन्न सकिन्छ ।”

सबै अधिकार सम्पन्न प्रदेश सरकार, स्थानीय सरकारलाई पहिलेकै जस्तो केन्द्र सरकारले आफनो लाइन एजेन्सी जस्तो ठानेर बजेट विनियोजन गरेको उहाँको भनाइ छ । उहाँले प्रस्तुत बजेटले उत्पादन नबढाउने, उत्पादकत्व नबढाउने, रोजगारी सिर्जना नगर्ने, गरिबी निवारण नगर्ने र समाजवादको आधार पनि तयार गर्न नसक्ने दाबी गर्नुभयो ।