२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

३८ जनाले ३ वटा शौचालय प्रयोग गर्थे, हिरो बनेपछि ज्याकीलाई निजी शौचालय



अ+ अ-

एजेन्सी । ज्याकी श्राफले हालै एक अन्तर्वार्तामा आफ्ना विगतका दिनहरू सम्झाए । ३८ जनाले जम्मा ३ वटा साझा शौचालय मात्र चलाउने गरेको ठाउँमा उनी बस्थे ।

तर, जब ज्याकीका फिल्महरू सुपरहिट भए र उनी चर्चित नायक बने, त्यहाँका मानिसहरूले उनलाई एउटा निजी शौचालय दिए जुन ज्याकीले मात्र प्रयोग गर्थे ।

मुकेश खन्नालाई दिएको एक अन्तर्वार्तामा ज्याकीले सुरुका दिनहरूबारे भने, ‘जब निर्माताहरू मलाई मेरो घरमा भेट्न आउनुहुन्थ्यो, हामीले ठाउँ बनाउनुपर्थ्यो । हामी दुईवटा बाकसहरू एकसाथ राखेर उनीहरूलाई बस्ने ठाउँ बनाइदिन्थ्यौं र एउटा बाकसलाई टेबुलको रूपमा प्रयोग गर्थ्यौं । त्यहाँ बस्दा अगाडि मरिन ड्राइभ, पछाडि मेरो घर र छेउमा मेरो बाथरुम देख्थे ।

ज्याकीले थपे, ‘हामीसँग ७ कोठा र ३ वटा शौचालय थिए । यी खोलीमा जम्मा ३८ जना बस्थे । बिहानैदेखि शौचालय जान लाइनमा बस्नुपरेको थियो । मलाई सुटिङमा जान हतार हुन्थ्यो तर पर्खनुको विकल्प थिएन । पछि जब मेरा फिल्महरू हिट भए, उनीहरूले मलाई निजी शौचालय दिए । यसो गर्नाले अरु सबैको कष्ट झन् बढ्छ भनेर मैले पर्दैन पनि भनेँ । तर सबैले तिमी हाम्रो नायक हो भन्दै मलाई निजी शौचालय दिए ।