२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री स्टार रेलिगेशनबाट जोगियो



अ+ अ-

काठमाडौँ । विक्रम लामाको निर्णायक गोलको सहयोगमा शनिवार थ्री स्टार क्लवले जावलाखेल युथ क्लवमाथि १–० को रोमाञ्चक जित निकाल्दा रेलिगेशनबाट बचेको छ ।

त्रिपुरेश्वरस्थित दशथ रंगशालामा शनिवार भएको सिजनको अन्तिम खेलमा थ्री स्टारले जावालखेलमाथि जित निकाल्दा रेलिगेशन संकट टरेको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा बिक्रमले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । विक्रमको यो करियरको अन्तिम खेल समेत हो । जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई विक्रमले नै गोलमा परिणत गर्दै टोलीलाई रेलिगेशनबाट बचाउन सफल भएका थिए ।

यस जितसँगै थ्री स्टार रेलिगेसनबाट जोगिएको छ । थ्री स्टारले २६ खेलमा ३२ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लव भने रेलिगेसनमा परेको छ । २०६२ सालबाट ‘ए’ लिग खेलिरहेको एपीएफ पहिलो पटक ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो । उता जावलाखेलले भने हारबाट सिजनको अन्त्य गरेको छ । जावलाखेलले २६ खेलमा ३७ अंक जोड्यो । जावलाखेले चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।

लिग अन्तर्गत शनिवार नै दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले एक गोलको अग्रता उल्टाएर मनाङलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । मच्छिन्द्रको जितमा आफिज ओलावाले दुई र विमल घर्ती मगरले एक एक गोल गरे । मनाङका विजय श्रेष्ठले १६ औं मिनेट शुरुवाती अग्रता निकालेका थिए । खेलको ८० औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रलाई १–१ गोलको बराबरीमा ल्याउँदा ८६ औं मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रको अग्रता उल्टाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित दिलाए । यस जितसँगै लिगको उपविजेता मच्छिन्द्रले सिजनको सुखद् अन्त्य गरेको छ । मच्छिन्द्रले २६ खेलमा ४५ अंक जोड्यो । मनाङले भने हारबाट सिजनको अन्त्य गरेको छ । मनाङले २६ खेलमा ३२ अंक जोड्यो ।

शनिवारकै अर्को खेलमा संकटा र न्युरोड टिम एनआरटीले १–१ को बराबरी खेल्दै सिजनको अन्त्य गरेका छन् । पहिलो हाफको इन्जुरी समयमा नेल्शन कोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, खेलको ८९ औं मिनेटमा बिक्रम धिमालले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याएसँगै खेल बराबरीमा टुङ्गिएको थियो । यस बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ । एनआरटीले २७ खेलमा ३४ अंक जोड्दै सिजनको समापन गरेको छ ।