५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीद्वारा सुदूरपश्चिम दल नेता शाहसँग ४८ घण्टे स्पष्टीकरण माग



अ+ अ-

कैलाली । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता प्रकाश बहादुर शाहसँग ४८ घण्टे स्पष्टीकरण माग गर्नुभएको छ ।

ओलीले पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनी स्पष्टीकरण माग गर्नुभएको हो । 

ओली पक्षका नेताहरु मात्र रही बसेको एमाले स्थायी कमिटीको जेठ १० गतेको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।

यद्यपि माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले उक्त समर्थन फिर्ता नलिई सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर पाँच मन्त्री र चार राज्यमन्त्री बनेका थिए ।