२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी नदीमा उत्खनन रोक्न निर्देशन



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ । जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि उत्खनन रोक्न निर्देशन दिएको हो ।

पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएको बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन गरेको र अन्यव्यक्तिलाई समेत उत्खनन गर्न दिइएकाले तत्काल उत्खननमा रोक लगाइएको उहाँले बताउनुभयो । “हामीले चार दिन अघिदेखि अनुगमन गर्दैछौँ भनेर गैँडाकोट नगरपालिकालाई भनेका थियौँ” प्रमुख विश्वकर्माले भन्नुभयो, “हामीले बुझ्न खोजेको कुरा बुझ्न नपाएकाले फिल्डबाटै तत्काल नदीजन्य पदार्थको उत्खननमा रोकाएका छौँ ।”

“नदीजन्य पदार्थ उत्खननबारे हामी धेरै कुरामा स्पष्ट हुन सकेनौँ” उहाँले भन्नुभयो, “हामी स्पष्ट नभएसम्मका उत्खनन कार्य स्थगित गर्न लगाएको छु ।” नदीजन्य पदार्थ उत्खननको काम गतल तरिकाबाट भएको पाइए रोकेर कारबाही गर्ने तथा सहीरुपमा काम भएको पाइएमा कामलाई सहजीकरण गर्न आफू तयार रहेको प्रमुख विश्वकर्माले बताउनुभयो ।

“यसै हेरेर मात्रै भन्न सकिँदैन, गलत भएको भए कानुनी कारबाही हुन्छ” उहाँले भन्नुभयो, “नियमानुसार प्रक्रिया पुर्‍याएर नदीजन्य पदार्थ उत्खनन गरिएको भए पनि हामीले कामलाई प्रोत्साहन गर्नुपर्छ, काम चाँडै होस् भन्ने हामी पनि चाहान्छौँ ।” गैँडाकोट नगरपालिका–९ का वडाध्यक्ष धामनाथ सापकोटाले नारायणीबाट उत्खनन भएको नदीजन्य पदार्थ नारायणगढ बुटवल सडक विस्तारसँगै विभिन्न आयोजनामा प्रयोग भइरहेको बताउनुभयो ।

“नदीबाट झिकिएको पदार्थ नारायणगढ बुटवल सडक विस्तार, भरतपुरको छ लेन सडक विस्तार, नारायणी तटबन्ध आयोजना तथा व्यक्तिगतरुपमासमेत प्रयोग गर्ने गरी झिकिएको छ” उहाँले भन्नुभयो, “नगरपालिकाले आवश्यक राजस्व लिएर नदीजन्य पदार्थ बिक्री गर्दै आएको छ ।” नारायणी नदीको गैँडाकोटतर्फबाट निकालेर बिक्री गरिएको नदीजन्य पदार्थबाट उठेको आधा राजस्व भरतपुर महानगरपालिकालाई बुझाउने गरी काम भइरहेको पनि वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

“नारायणी नदीको सानो भङ्गालोमा थुनेर बाटो नै निर्माण गरी नदीबाट ढुङ्गा, गिटी तथा बालुवा झिक्ने काम भएको थियो” नदीको भङ्गालो थुनिएको ठाउँ देखाउँदै स्थानीयवासी शम्भुप्रसाद सापकोटाले भन्नुभयो, “पहिले यहाँबाट बाटो बनाएर नदीजन्य पदार्थ झिकेर ढुवानी गरेका थिए, नदीमा बाढी आएपछि ह्युमपाइप बगाउँदा उनीहरु माथितर्फ सरेका हुन् ।” विभिन्न आयोजना र व्यक्तिको गरी सात वटाभन्दा बढी एक्साभेटरले नदीबाटै नदीजन्य पदार्थ उत्खनन गरिरहेका उहाँको भनाइ थियो ।

नदीको पानी भएको ठाउँलाई छोडेर बगरबाट मात्रै नदीजन्य पदार्थ झिक्नपाउने भए पनि नारायणी नदीमा भित्रबाटै भिकिएका छन् । दैनिक एक सय भन्दा बढी टिप्परले पानी चुहाउँदै नदीजनय पदार्थ बोकेर ओहोरदोहोर गर्दा गैँडाकोटको अधिकांश सडक भत्किएका स्थानीयवासी सापकोटाको भनाइ थियो ।

नारायणगढ बुटवल सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जीनीयरिङ कर्पोरेसनले नदीजन्य पदार्थ निकाल्नका लागि प्रयोग गरेको चार वटा एक्साभेटरमध्ये तीनवटाले अनुमति नै नलिएको पाइएको जिल्ला समन्वय समितिका इञ्जीनीयर टङ्कप्रसाद भुसालले बताउनुभयो । रासस




भर्खरै