२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पाकिस्तानसँग ९ रनले पराजित



अ+ अ-

काठमाडौं । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको छ ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन बनायो ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २० रन बनाईन भने कविता जोशीले १५ रन बनाएर नटआउट रहिन् । नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ए ले १९.२ ओभरमा ८७ रनमा अल आउट भयो ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३ विकेट लिएकी थिइन् । यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले २(२ विकेट लिए ।

इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । प्रतियोगितामा समूह ए मा नेपालसहित हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।