२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यस्तो छ विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ ।  

यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ०३ पैसा तोकिएको छ। अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ४७ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङएकका भाउ बढेको छ  भने अस्ट्रेलियन डलरको भाउ घटेको छ ।

एक युरोको खरिददर १ सय ४२ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ७४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २७ पैसा तोकिएको छ ।  एक युरो र मलेसिया रिंगिटकोको भाउ केही पैसाले आज घटेको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ । आज एक साउदी र कतारी रियालको भाउ केही पैसाले घटेको छ । 

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६६ पैसा तोकिएको छ । कोरियन वन र जापानी यनको भाउ मात्र केही पैसाले घटेको हो । 

त्यस्तै एक बहराइन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ २५ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ८८ पैसा तोकिएको छ। बिहीबारको तुलनामा आज एक बहराइन र कुवेती दिनारको भाउ बढेको छ ।