२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पक्राउ



अ+ अ-

विराटनगर । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका अध्यक्ष सरोज पोखरेललाई पक्राउ गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले उनलाई बुधबार बिहान मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अहिले उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

नेविसंघका कार्यकर्ताहरुले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा दाहालमाथि सोमबार निवासमै पुगेर कालोमोसो दलेका थिए । उक्त घटनाको जिम्मेवारी पोखरेलले लिएका थिए । प्रहरीले कालोमोसो दल्ने घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको बताएको छ ।

विश्वविद्यालय सेवा आयोगको कार्यालयले कालोमोसो दलेको घटनामा पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो ।