२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको बैठक बस्दै, अर्याललाई मुख्यसचिव बनाउने तयारी



अ+ अ-

काठमाडौँ । आज विहान मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा मुख्यसचिव नियुक्त गर्ने तयारी भइरहेको छ ।

हालका मुख्यसचिव शंकरदास बैरागीलाई राजदूत बनाउने र प्रधानमन्त्री कार्यालयमा कार्यरत डा बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरिएको हो । बैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

अर्याललाई गत गैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यसअघि अर्यालले वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलगायतमा काम गरिसक्नुभएको छ ।

अर्याल हालका सबैभन्दा वरिष्ठ सचिव समेत हुनुहुन्छ । सचिवका रुपमा अर्यालको कार्यकाल आगामी असार ४ गतेसम्म मात्रै छ । सोभन्दा अघि नै अर्याललाई मुख्यसचिव बनाउने तयारी गरिएको हो ।




भर्खरै