२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, करिब १७ अर्बको शेयर कारोबार



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च  २ हजार ८५६ दशमलव ७७ विन्दुमा पुगेको छ । यो दिन परिसूचक अघिल्लो कारोबार दिनभन्दा २९ दशमलव ५५ अंक अर्थात् १ दशमलव शून्य ५ प्रतिशतले बढेको हो ।

त्यस्तै ठुला कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ५८ प्रतिशत अर्थात ७ दशमलव ९६ अंकले बढेर ५१३ दशमलव ११ विन्दुमा पुगेको छ । आज शेयर बजारमा रू. १६ अर्ब ९० करोड ७० लाख २० हजार बराबरको शेयर कारोबार भएर कारोबार रकम र कित्तामै वृद्धि भएको हो । २१८ ओटा कम्पनीको १ लाख ५५ हजार ६५५ पटकको व्यापारमा उक्त रकम बराबरको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर कारोबार भएको हो ।

बिहीबारको बजारबाट वित्त, होटल्स तथा पर्यटन र विकास बैंकका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंकको समूहगत परिसूचक सर्वाधिक ३ दशमलव ७४ प्रतिशत बढेको छ भने वित्तको ३ दशमलव ३४ प्रतिशत र होटल्स तथा पर्यटनको ३ दशमलव ३२ प्रतिशत बढेको छ । 

त्यस्तै, बैंकिङ्गको २ दशमलव ७१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक बढेको छ । 

यो दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जलविद्युत् समूहको २ दशमलव शून्य ४ प्रतिशतले परिसूचक घटेको छ भने व्यापारिकको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७६ प्रतिशत र अन्य समूहको शून्य दशमलव ७२ प्रतिशत परिसूचक घटेको हो ।

जलविद्युत् समूहको परिसूचक सर्वाधिक घट्दा पञ्चकन्या माई हाइड्रोपावर र राधी विद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । पञ्चकन्यामाई हाइड्रोको ५ दशमलव ९२ प्रतिशत र राधी विद्युत्को ५ दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको हो ।

यस दिन पञ्चकन्यामाई हाइड्रोको शेयरमूल्य प्रतिकित्ता रू. १८ ले घटेर अन्तिम मूल्य रू. २८६ र राधी विद्युतको प्रतिकित्ता रू. ६१ ले घटेर अन्तिम मूल्य रू. १ हजार १४५ कायम भएको हो । 

यस दिन चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ६८ प्रतिशत र ग्रिन डेभलपमेण्ट बैंकको ९ दशमलव ५५ प्रतिशतले मूल्य बृद्धि भएको हो । 

मञ्जुश्री फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७५ ले बढेर अन्तिम मूल्य रू. ८२५ र महिला लघुवित्तको प्रतिकित्ता रू. ४३२ ले बढेर अन्तिम मूल्य रू. ४ हजार ७५२ कायम भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको प्रतिकित्ता रू. ९० ले बढेर अन्तिम मूल्य रू. १ हजार २० र ग्रिन डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. ३० ले बढेर अन्तिम मूल्य रू. ३४४ पुगेको छ ।

त्यसैगरी बिहीबार पनि सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको नै भएको छ । नेपाल पुनर्बीमा कम्पनीको रू. १ अर्ब २ करोड ७० लाख २७ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको बिहीवार भने प्रतिकित्ता रू. २५ ले मूल्य घटेको छ । यस दिन कम्पनीको अन्तिम मूल्य रू. १ हजार ७६५ कायम भएको हो । बिहीवार उक्त कम्पनीको ५ लाख ७१ हजार ११५ कित्ता शेयर कारोबार भएको छ ।