२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आदिपुरुष’ को विवादित संवादमा ‘बीप’



अ+ अ-

काठमाडौँ । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित बनाइएको छ ।

समितिका सदस्य ऋषिराज आचार्यले संवाद आवाजरहित बनाइएपछि प्रदर्शनका लागि अनुमति दिने निर्णय गरिएको जानकारी दिए । “चलचित्रमा जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादलाई अनिवार्यरूपमा आवाजरहित (बीप) गर्न लगाई सोपश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनका लागि अनुमति दिने निर्णय गरियो । त्यो ल्याएपछि उनले अनुमति पाउनु हुन्छ”, सदस्य आचार्यले भने ।

रामायणमा आधारित चलचित्रको सो संवादलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध हुँदै आएको थियो ।