२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः ‘आदिपुरुष’का निर्माताले हटाए सीता भारतमा जन्मेको प्रसंग



अ+ अ-

काठमाडौँ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाइएको छ । चलचित्रमा राखिएको सीता भारतमा जन्मेको प्रसङ्ग निर्माताले हटाएका हुन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ ईन्डियाका अनुसार सीता रामायण अनुसार नेपालमा जन्मेको भएको र मेयर बालेनको चेतावनी आएपछि हटेको उल्लेख गरिएको छ । यद्यपि, समाचारमा नेपालमा प्रदर्शन हुने वा विश्वभर हुने कुनमा हटाइएको भन्नेबारे प्रष्ट खुलाइएको छैन ।

उक्त संवादलाई लिएर नेपालमा चौतर्फी आलोचना भएको थियो । साथै, केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गर्दै संवाद आवाजरहित (बीप) बनाइएपछि प्रदर्शनको अनुमति दिइएको थियो ।