२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने



अ+ अ-

काठमाडौँ । डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौँमा आयोजना हुने भएको छ ।

आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए ।

‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाई सघाउ पुर्याउने गरी फाउन्डेसनले गत वर्षदेखि सुरु गरेको बृहत् सम्मेलन हो । कन्क्लेभमा नेपाल, भारत, बङ्गलादेश, दक्षिण कोरिया, सिङ्गापुर, अमेरिकालगायत मुलुकबाट प्रस्तुतिको लागि विज्ञहरूको उपस्थिति हुनेछ ।

कन्क्लेभ आयोजनाका लागि आज ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ । ह्वावे नेपालका सिइओ हवांङ जुन र फाउन्डेसनका अध्यक्ष राजन लम्सालबीच हस्ताक्षर भएको हो ।

डिजिटल रुपान्तरणको प्रयासस्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी व्यक्तिहरू एकै ठाउँमा उपस्थित हुनेछन् । कन्क्लेभको प्रि–इभेन्टको रूपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।

यस वर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक अनुसन्धान पुस्तिका पनि प्रकाशन हुने फाउन्डेसनले जनाएको छ । कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेसको पनि आयोजना गर्दैछ, जहाँ फाइभजी, एआइलगायतका नयाँ प्रविधिका बारेमा प्रदर्शनी अवलोकन गर्न र जानकारी लिन सकिनेछ ।




भर्खरै