२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाँ प्रचण्ड, त्यहाँ विश्वासको बलियो आधार



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जहाँ प्रचण्ड त्यहाँ विश्वासको बलियो आधार निर्माण हुने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रचण्ड सहभागी कार्यक्रममा सहमतिका दुई सुखद समाचार भएको भन्दै प्रधानमन्त्री प्रचण्ड भएको स्थानमा सहमति, सहकार्य र एकताको ढोका खुल्छ भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको उल्लेख गर्नुभएको छ।

तिमिल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्डको रोहबरमा विभिन्न समूहमा विभाजित गैरआवासीय नेपाली संघबीच बालुवाटारमा सहमति भई एनआरएन एकढिक्का भएको छ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी लगायतका शक्तिबीच समाजवादी मोर्चा निर्माणमा सहमति जुटेको छ।

उहाँले लेख्नुभएको छ, “जहाँ प्रचण्ड, त्यहाँ विश्वासको बलियो आधार निर्माण हुन्छ, सहमति, सहकार्य र एकताको ढोका खुल्छ भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको छ।”