२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेको उकालो यात्रा कायमै



symbolic picture
अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो साता कारोबारको पहिलो दिन पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज विभिन्न दुई सय ८० कम्पनीका एक करोड २० लाख ९५ हजार नौ सय ६६ कित्ता शेयर रू चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ मा खरिदबिक्री भएका छन् ।

आइतबार बैंकिङ समूह तीन दशमलव ५५ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा छ सय ९४ दशमलव १४ र निर्जीबन बीमा समूहको उपसूचकमा पाँच सय दशमलव ३० अङ्कको वृद्धि देखिएको छ ।

विकास बैंक ५० दशमलव १२, वित्त ३५ दशमलव ७७, होटल तथा पर्यटन दुइ सय ९४ दशमलव ४०, जलविद्युत् एक सय दुइ दशमलव ०१, लगानी एक दशमलव ०४ र उत्पादन तथा प्रशोधन समूह एक सय ४२ दशमलव ०१ अङ्कले बढेको छ । त्यस्तै, लघुवित्त समूहको उपसूचक एक सय तीन दशमलव ५२, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ८७ दशमलव ०८ र अन्य समूह ८६ दशमलव ३० अंकले बढेको छ ।

आजको कारोबारामा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रीन भेञ्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा धेरै गुमाउनेमा भने शुभम् पावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ३६ करोड ६४ लाख ९९ हजार एक सय ५८ बराबरको छ लाख ४९ हजार छ सय पाँच कित्ता शेयर खरिद बिक्री भएको छ । रासस




भर्खरै