५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-खनाल पक्षको केन्द्रीय समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौ । आज नेकपा एमाले झलनाथ खनाल तथा माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक बस्दैछ । आफू निकट भनिएका नेताहरु नै अनुमति बिना अध्यक्ष केपी ओली पक्ष संग सम्बादमा बसेपछि झस्कनु भएका नेता नेपालले आजको बैठकमा अब दिनमा अपनाउने रणनीति तय गर्न केन्द्रीय समितको बैठक बोलाउनु भएको हो ।

बैठक आज (बिहिबार) बिहान ११ बजे भर्चुअल रुपमा  बस्ने बैठकले अब कसरी अघि बढ्ने भन्ने ठोसा निर्णय लिने एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।  हिजो (बुधबार) एक आफू निकट जनबर्गीय संगठनका अगुवाहरु संगको छलफलमा नेता नेपाललाई तत्काल नयाँ पार्टी गठन गरेर अघि बढ्न सुुुझाब दिएका थिए ।

नेता नेपालले पनि ओली संग सहमतिको सम्भाबना सकिएको भन्दै छुट्टै अभियान लिएर अघि बढ्ने आश्वासन दिनु भएको थियो । आफू निकट भनिएका नेताहरु संस्थापन पक्षतीर गएको मा असन्तुष्टि जनाउदै नेता नेपालले दोश्रो तहका नेताहरु प्रति पनि आशंका गर्नुभएको थियो । उहाँले ''तेश्रो र चौथो तहका क्रियाशिल साथीहरुको साथ छ अरु त के कुरा गर्नु'' भन्नुभएको थियो ।