२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाबारे बाबुराम- सबैलाई सधैँ ठग्न सकिन्न



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सोमबार दिउँसो चार राजनीतिक दल मिलेर समाजवादी मोर्चा घोषणा गरे । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेकपा कम्युनिष्ट पार्टी मिलेर गठन गरेको समाजवादी मोर्चामा यसैका सुत्रधार भनिएका डा बाबुराम भट्टराई भने अटाएनन् ।

समाजवादी मोर्चा गठन गर्ने अभियानमा सुरुआती भूमिका निर्वाह गरेको भट्टराईलाई अन्तिम समयमा ल्याएर धोका दिइएको धेरैको आँकलन छ । यसैबीच डा बाबुराम भट्टराईले समाजवादी मोर्चा गठनलाई लिएर कटाक्ष गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँ समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरि शक्तिहरुसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् भन्दै सचेत गराउनुभएको छ । उहाँले केहीलाई सधैँ र केहीलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का राख्न सुझाव दिनुभएको छ ।

समाजवाद संसदीय अंक गणित  मिलाएर र जालझेर गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो । कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरि शक्तिहरुसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् । केहीलार्ई  सधैँ र केहीलाई केही बेर ठव्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।




भर्खरै