५ असार २०८३, शुक्रबार
,
Latest
झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना’ पठाएर प्राकृतीले सबैको ‘बन्द’ गर्ने काम एकैचोटी गरिदिइन्- अरुणा उप्रेती



अ+ अ-

काठमाडौं । 

‘बन्द बन्द’ भन्थे नेता, पूरै नेपाल ‘बन्द’
नेताहरूले समय समयमा ‘बन्द’ राख्थे 
अनि विद्यार्थी र भातृ संगठनले पनि ‘बन्द’ राखे 
कहिले गाडी वालाले बन्द राखे, कहिले डाक्टरले अस्पताल बन्द राखे
कहिले गुण्डाहरूले बन्द राखे
हुन त- नेता र विद्यार्थीहरूको बन्द पनि गुण्डाकै बन्द हो ।
यति धेरै बन्दै बन्द देखेपछि
प्रकृतीलाई वाक्क लागेछ क्यारे
उनले मनमनै भनिन् ‘नेपालीलालई बन्द मनपर्छ’
त्यसैले "म वर्षौसम्म बन्द गर्ने काम नै म सजिलो गरिदिन्छु ।"
‘कोरोना’ पठाएर प्राकृतीले सबैको ‘बन्द’ गर्ने काम एकैचोटी गरिदिइन
अब नेता र विद्यार्थीलाई हाइसन्चो छ ।
नेपाल बन्द छ, आहा नेपाल त  'बन्दै' छ  
तर आमाको र शिशुको मृत्यु चाहिँ बन्द छैन । 
बलात्कार, पिटाइ बन्द छैन,
भोकको आगो बन्द छैन
अरू सबै हाइ सञ्चो, “बन्द” छ ।

(अरुणा उप्रेती)