काठमाडौं ।
‘बन्द बन्द’ भन्थे नेता, पूरै नेपाल ‘बन्द’
नेताहरूले समय समयमा ‘बन्द’ राख्थे
अनि विद्यार्थी र भातृ संगठनले पनि ‘बन्द’ राखे
कहिले गाडी वालाले बन्द राखे, कहिले डाक्टरले अस्पताल बन्द राखे
कहिले गुण्डाहरूले बन्द राखे
हुन त- नेता र विद्यार्थीहरूको बन्द पनि गुण्डाकै बन्द हो ।
यति धेरै बन्दै बन्द देखेपछि
प्रकृतीलाई वाक्क लागेछ क्यारे
उनले मनमनै भनिन् ‘नेपालीलालई बन्द मनपर्छ’
त्यसैले "म वर्षौसम्म बन्द गर्ने काम नै म सजिलो गरिदिन्छु ।"
‘कोरोना’ पठाएर प्राकृतीले सबैको ‘बन्द’ गर्ने काम एकैचोटी गरिदिइन
अब नेता र विद्यार्थीलाई हाइसन्चो छ ।
नेपाल बन्द छ, आहा नेपाल त 'बन्दै' छ
तर आमाको र शिशुको मृत्यु चाहिँ बन्द छैन ।
बलात्कार, पिटाइ बन्द छैन,
भोकको आगो बन्द छैन
अरू सबै हाइ सञ्चो, “बन्द” छ ।
(अरुणा उप्रेती)












