५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजद्वारा स्वास्थ्यकर्मीहरुलाई एक करोडको पुरस्कार



अ+ अ-

काठमाडौं । कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा जुटीरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न एक व्यवसायिक प्रतिष्ठान अगाडी आएको छ । काठमाडौंमा रहेको कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजले एक करोड रुपैयाँ स्वास्थ्यकर्मीहरुलाई सम्मान पुरस्कृत गर्न दिने भएको हो । 

इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १०० जना स्वास्थ्यकर्मीहरुलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताउनुभयो । 

कोरोना संक्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफुहरुले सहयोग गर्न अगाडी आएको अध्यक्ष घिमिरेकी सुपुत्री अदिती घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेशनले गर्नेछ ।