२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार प्रतिशत बालबालिकामा दृष्टिदोष



अ+ अ-

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ ।

अर्विसको आर्थिक सहयोगमा सङ्घले सञ्चालन गरेको उक्त परियोजनामार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार चार सय ६० बालबालिकाको नि:शुल्क आँखा परीक्षण गरिएको हो ।

सन् २०१८ देखि २०२२ सम्म सञ्चालित परियोजनामार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाको आँखा परीक्षण गरिएको थियो । सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले आँखा परीक्षण पश्चात् समस्या देखिएका बालबालिकालाई नि:शुल्क चस्मा तथा शल्यक्रियासमेत गरिएको बताउनुभयो ।

उक्त परियोजनामार्फत चार वर्षमा दुई हजार पाँच सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरुमा आँखा जाँच गरिएको थियो । उहाँले उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार तीन सय ८० बालबालिकालाई नि:शुल्क चस्मा वितरण गर्नाका साथै दुई सय एकजना बालबालिकाको आँखाको नि:शुल्क शल्यक्रियासमेत गरिएको जानकारी दिनुभयो ।

कार्यक्रम व्यवस्थापक शाहका अनुसार आँखा जाँच गरी वितरण गरिएको चस्मामध्ये ६३ प्रतिशत बालबालिकाले मात्र नियमित रुपमा चस्मा प्रयोग गरिरहेका छन् । “चस्मा लगाउँदा साथीहरुले जिस्क्याउने, आमाबाबुले छोरीलाई विवाह गर्न कठिनाइ हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउने जस्ता कारणहरुले पनि बालबालिकाहरुले नियमित रुपमा चस्मा नलगाएको देखिन्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यसरी वितरण गरिएका चस्माको नियमित प्रयोगबाट ती विद्यार्थीहरुको शैक्षिकस्तरमा समेत उन्नति भएको छ, उनीहरुको दैनिकीमा समेत धेरै नै परिवर्तन आएको देखिएको छ ।

आर।एम केडिया आँखा अस्पताल,सगरमाथा चौधरी आँखा अस्पताल, विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमार्फत ती जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घले कोही पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसँगको सहकार्यमा देशैभरि विभिन्न नि:शुल्क शिविर आयोजना गरिरहेको जानकारी दिनुभयो । परियोजनाले कार्यक्रम सञ्चालित जिल्लाका महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक तथा विद्यायलका ‘भिजन एम्ब्यास्डर’लाई आँखा जाँचसम्बन्धी आधारभूत तालिमसमेत प्रदान गरिएको थियो । रासस