२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर कप्तान रोहित पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपालले हालसम्म एउटा पनि खेल खेलेको छैन । नेपालको लागि रोहित पौडेलले कप्तानी गर्नेछन् भने वेस्ट इन्डिजको लागि शाई होपले कप्तानी गर्नेछन् ।

नेपालले आज टोलिमा कुनै परिवर्तन गरेको छैन । आजको खेलमा नेपालले पछिल्लो पटक अमेरिकालाई हराएको टोलीलाई नै निरन्तरता दिएको छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । यता वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो ।

नेपालको प्लेइङ–११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।