२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे



अ+ अ-
बेलहिया ।  भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि रू एक सय भन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ ।
प्रज्ञापनपत्रमा कडाइ नहुँदा घरयासी प्रयोजनका लागि भन्दै भारतबाट समान ल्याउनेको सङ्ख्या उल्लेख्य रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको हो ।
भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भन्नुभयो, “हामीले प्रज्ञापनपत्र नभरी कुनै पनि घरायासी होस् वा अन्य कुनै प्रयोजनको समान नेपाल ल्याउन दिएका छैनौँ । यसैले सर्वसाधरणले स्वत:स्फूर्त रुपमा प्रज्ञापनपत्र भरिरहनुभएको छ ।”
भन्सारको अभिलेख अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन् । गत वर्षको जेठ महिनाभरी तीन सय छ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएको तथ्याङ्क छ ।
भन्सारको अभिलेखका अनुसार विसं २०७९ फागुनमा एक हजार दुई सय १५ जनाले, चैतमा एक हजार तीन सय ४४ जनाले प्रज्ञापनपत्र भरेका छन् । विसं २०८० वैशाखमा एक हजार एक सय ८३ र जेठमा तीन सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए । भन्सार व्यवस्थालाई कडाइ गरेपछि जेठ १६ देखि ३२ सम्मको १६ दिनको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापन भरेका कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो ।
भन्सार कडाइप्रति उद्योगी व्यवसायीको समर्थन 
भन्सार कार्यालयले प्रज्ञापनपत्र नभरी कुनैपनि समान नेपाल ल्याउन नदिने गरी कडाइ गरेपछि उद्योगी व्यवसायीका नेताले समर्थन जनाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्सारमा कडाइ गरेपछि प्रारम्भिक रुपमा सीमावारीको व्यापारमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।
“भन्सारमा कडाइ गरेसँगै यसको सकारात्मक प्रभाव परेको छ भने साना व्यवसायीलाई धेरै राहत भएको छ । दीर्घकालीन असर केही समयमा देखिन्छ”, उहाँले भन्न्ुभयो । उहाँले चोरी तस्करीको सामान किन्ने व्यवसायीलाई प्रहरीले सहजै पक्राउ गर्न सक्ने बताउनुभयो । “कसैले पनि तस्करीको समान न किनौँ, कुनै व्यवसायीले बिल विजक बिनाको समान किनेमा प्रहरी प्रशासनले कारबाही गर्छ”, शर्माले भन्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य राजेश अग्रवालले भन्सारमा गरिएको कडाइ सकारात्मक रहेको भन्दै चोरी तस्करी नियन्त्रणमा सबैको सहयोग जरुरी रहेको बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कूलप्रसाद न्यौपानेले तस्करीको समान भैरहवा बुटवल मात्रै नभएर पाल्पा, गुल्मी, चितवन, काठमाडौँसम्म पुग्ने गरेकामा अब त्यो काम रोकिने बताउनुभयो ।
उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले भैरहवा भन्सारले गरेको कडाइले चोरी तस्करी मात्रै नभएर लागुऔषध र अन्य सामाजिक विकृतिमा पनि न्यूनीकरण गरिरहेको बताउनुभयो । वरिष्ठ पत्रकार माधव ढुङ्गानाले नेपालको भन्सार ऐन अनुसार संक्षिप्त प्रज्ञापनपत्र कार्यन्वयनमा गरिएको कडाइप्रति भारतीय पक्षले टाउको दुखाउनुको अर्थ नहुने बताउनुभयो ।
लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले भन्सारमा कडाइ गर्ने कार्य राम्रो भएको बताउँदै मूल भन्सार भन्दा दायाँबायाँको नाकाबाट भइरहेको चोरी तस्करी नियन्त्रणमा सबैको सहकार्य जरुरी रहेको बताउनुभयो । “सीमापारीबाट अवैध रुपमा साइकल, मोटरसाइकल, चिनी, दाल, किराना सामान, कपडालगायत अन्य सामग्री खरिद गर्ने काम व्यवसायीले बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्माले सिद्धार्थ उद्योग वाणिज्य सङ्घले सस्तो बजार लगाएर आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योगी व्यवसायीले बिलबिजक बिनाको समान खरिद नगर्न आग्रह गर्नुभयो । “कसैले पनि बिलबिजक बिनाको समान किन्नु अवैध हो”, उहाँले भन्नुभयो, “अवैध कार्यमा संलग्न जुनसुकै व्यपारीलाई प्रहरी प्रशासनले कारबाही गरेमा हामीले उनीहरुको बचाउमा एक शब्द पनि खर्चिन्नौँ ।”
अध्यक्ष श्रेष्ठले भन्सार प्रशासनले संक्षिप्त प्रज्ञापनपत्रको कडाइ गरेकोप्रति स्वागत गर्दै यस कार्यले नेपाली व्यवसायीलाई राहत मिलेको बताउनुभयो । “यताका किराना पसल, कपडा पसल, हार्डवेयर पसललाई केही राहत मिलेको छ, भन्सार राजस्व बढेको छ । राज्य र नागरिकलाई फाइदा भएको छ । हामी भन्सार र प्रहरी प्रशासनको उक्त कार्यको प्रशंसा गर्दछौँ”, उहाँले भन्नुभयो ।
अध्यक्ष श्रेष्ठले सीमावर्ति भारतीय व्यपारीले केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य सङ्घले रोकेको भन्ने गलत प्रचार गरेकोप्रति ध्यानकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बोडरमा गएर रोेकेका छैनौँ, यति अनुरोध छ कि सीमापारीबाट अवैध समान आउनु हुदैन । सामान ल्याउँदा भन्सार तिरेर मात्रै ल्याउनु पर्छ ।”
भैरहवामा जेठ १६ गतेदेखि सीमावर्ति भारतीय बजारबाट रू एक सय मूल्यभन्दा बढीको समान ल्याउँदा अनिवार्य संक्षिप्त प्रज्ञापनपत्र भरेर ल्याउने व्यवस्थामा कडाइ गरेपछि यसको असर सीमापारीको सुनौली नौतनवा बजारमा परेको छ । भारतीय व्यपारीहरुले नेपालमा भन्सार नगरी समान लैजान दिनुपर्ने भन्दै दुई दिन पहिले महापञ्चायत गरेका थिए ।
भन्सार नतिरी तस्करहरुले सीमापारीबाट अवैध रुपमा सामान ल्याइए बिक्री गरेको पाइएमा अवैध समान खरिद, बिक्री गर्ने व्यापारीलाई कारबाही गर्ने उद्योग वाणिज्य सङ्घले जनाएको छ । रासस