काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक डाकेका छन् । पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी यादवले बैठक बोलाएका हुन् ।
उक्त बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेतालाई कारबाही गर्ने विषयमा छलफल हुने पनि स्रोतले बताएको छ ।
जसपाका अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटकसम्म स्पष्टिकरण मागिसकेका छन् ।
भट्टराई-यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् भने अर्को पक्षले (ठाकुर पक्ष) ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने तयारी थालेको छ ।












