५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक डाकेका छन् । पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी यादवले बैठक बोलाएका हुन् ।

उक्त बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेतालाई कारबाही गर्ने विषयमा छलफल हुने पनि स्रोतले बताएको छ ।

जसपाका अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई  पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटकसम्म स्पष्टिकरण मागिसकेका छन् ।

भट्टराई-यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् भने अर्को पक्षले (ठाकुर पक्ष)  ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने तयारी थालेको छ ।