२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी सेवामा आईटी जनशक्ति विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्छौं – सञ्चारमन्त्री शर्मा



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने बताउनुभएको छ ।

‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ को उदघाटन समारोहमा उहाँले भन्नुभयो, “हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं ।”

सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्‍याउन आवश्यक नीति बनाउने काम भइरहेको जानकारी दिँदै उहाँले सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेकाले पुराना नीतिलाई समयानुकूल बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताइन्।

उहाँका अनुसार मन्त्रालय मात्र नभएर सरकारले मन्त्रिपरिषद्मा पनि छलफल गरिरहेको छ । “अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ”, मन्त्री शर्माले भन्नुभयो ।

सरकारसँग समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्वयन गर्न कठिन उल्लेख गर्दै उहाँले भन्नुभयो, “डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ । यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ।”

सूचना प्रविधिबाट हुन सक्ने दुरूपयोग रोक्न मन्त्रालय सचेत रहेको र सरकारले डिजिटल साक्षरतामा काम गर्न खोजिरहेको उहाँको भनाइ थियो ।