२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ नगरपालिकामा ‘नगर छोरी’ कार्यक्रम



तस्बिर: खेमराज गौतम/रासस
अ+ अ-

बलेवा । बागलुङ नगरपालिकाले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार तेह्राँै नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

यस कार्यक्रमअन्तर्गत छोरी जन्मिएपछि छोरीका नाममा नगरपालिकाले रु पाँच हजारको मुद्दती खाता खोली उक्त खातामा सम्भव हुने अभिभावकलेसमेत रकम थप गर्न पाउने गरी नगर छोरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रियरुपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरिने उहाँले बताउनुभयो ।

समाजमा छोरी जन्मिएपश्चात् आमा र नवजात शिशुलाई गरिने व्यवहार, गर्भावस्थामा भ्रुणको जाँच, भु्रणहत्या र छोरीप्रतिको दृष्टिकोणलाई चिर्न यो कार्यक्रम ल्याइएको श्रेष्ठको दाबी छ ।

बागलुङ नगरपालिकाले ‘जग्गाधनी र कृषकलाई जोडौँ, जमिन बाँझो नछोडौँ’ भन्ने उद्देश्यका साथ खेतबारीलाई बाँझो राखी आयातित वस्तुमा परनिर्भर हुने पद्धतिको अन्त्य गर्नका लागि जग्गा बाँझो छोड्ने जग्गाधनीलाई जरिवानाको व्यवस्था गर्ने भएको छ ।

त्यसैगरी ‘एक वडा एक पकेट’ एक मोडल फर्म सञ्चालनको सुरुआत गर्ने दूध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगर बनाउने, अन्तरपालिका समन्वयमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका मुख्यमुख्य धार्मिक एवं पर्यटकीय क्षेत्रलाई जोड्ने गरी बृहत् कृष्णगण्डकी सभ्यता पर्यटन विकास गुरुयोजना तयार गर्ने र बागलुङ घुम्न जाआँै कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्यक्रम नीति तथा कार्यक्रम नगरिपालिकाले समावेश गरेको छ ।

त्यसैगरी सो नीति तथा कार्यक्रममा ‘एक वडा, एक छाक, एकरात’ अभियान पनि सञ्चालन गर्ने बताइएको छ । नगरपालिकाभित्र लगानीका क्षेत्रको पहिचान गरी बागलुङ लगानी सम्मेलन आयोजना गर्ने र यसमार्फत् ज्ञान, सीप, क्षमता स्थानीय समुदायमा हस्तान्तरण गर्न सहज हुने उल्लेख छ । आफू जन्मेको माटो र आफू हिँडेको बाटोलाई मायागरी मातृभूमि फर्कांै भन्ने कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । रासस




भर्खरै