काठमाडौं । कोरोना विरुद्धको खोपका लागि ६० देखि ६५ वर्षे उमेर समुहको व्यक्ति सबैभन्दा अन्यायमा परेको छ । स्वास्थ्यविद् रवीन्द्र पाण्डेले यो उमेर समुहलाई खोप लगाउन सरकारसँग अनुरोध गर्नुभएको छ ।
उहाँले भन्नुभयो, कोभिशिल्डको एक मात्रा ६५ वर्षमाथिकाले लगाउन पाए भने भेरोसेलको खोप ६० वर्ष मुनीका नागरिकले पाएका थिए । ६० देखि ६५ उमेरमा दीर्घबिरामीहरु धेरै भएको बारे पनि सरकारको ध्यानाकर्षन गराउँनुभयो । पाण्डेले आशा गर्दै सरकारले चीनबाट आउने खोपको पहिलो प्राथमिकता यो समुहलाई दिने अपेक्षा पनि राखेको बताउनुभयो ।
त्यसैगरी दोस्रो प्राथमिकतामा दीर्घरोग भएका ४० वर्षमाथिको उमेर समुह र तेस्रो प्राथमिकतामा जनसम्पर्कका पेशा र व्यवसायका व्यक्तिलाई दिंदा प्रभावकारी हुने सुझाव दिनु भएको छ । उहाँले सामाजिक संजाल फेसबुकमा खोप, जनस्वास्थ्यका मापदण्ड र स्वस्थ्य जीवनशैली जीवन रक्षाका ३ मन्त्र हुन् भन्दै आफ्नो कुरा टुङ्ग्याउनु भयो ।












