५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनबाट आउने खोपमा ६०-६५ उमेर समुहलाई पहिलो प्राथमिकता दिनुपर्छ- रवीन्द्र पाण्डे



अ+ अ-

काठमाडौं । कोरोना विरुद्धको खोपका लागि ६० देखि ६५ वर्षे उमेर समुहको व्यक्ति सबैभन्दा अन्यायमा परेको छ । स्वास्थ्यविद् रवीन्द्र पाण्डेले यो उमेर समुहलाई खोप लगाउन सरकारसँग अनुरोध गर्नुभएको छ । 

उहाँले भन्नुभयो, कोभिशिल्डको एक मात्रा ६५ वर्षमाथिकाले लगाउन पाए भने भेरोसेलको खोप ६० वर्ष मुनीका नागरिकले पाएका थिए ।  ६० देखि ६५ उमेरमा दीर्घबिरामीहरु धेरै भएको बारे पनि सरकारको ध्यानाकर्षन गराउँनुभयो । पाण्डेले आशा गर्दै सरकारले चीनबाट आउने खोपको पहिलो प्राथमिकता यो समुहलाई दिने अपेक्षा पनि राखेको बताउनुभयो । 

त्यसैगरी दोस्रो प्राथमिकतामा दीर्घरोग भएका ४० वर्षमाथिको उमेर समुह र तेस्रो प्राथमिकतामा जनसम्पर्कका पेशा र व्यवसायका व्यक्तिलाई दिंदा प्रभावकारी हुने सुझाव दिनु भएको छ । उहाँले सामाजिक संजाल फेसबुकमा खोप, जनस्वास्थ्यका मापदण्ड र स्वस्थ्य जीवनशैली जीवन रक्षाका ३ मन्त्र हुन् भन्दै आफ्नो कुरा टुङ्ग्याउनु भयो ।