५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङबाट आठ लाख भेरोसिल खोप लिएर काठमाडौँ उड्यो नेपाल वायुसेवा निगमको विमान



फाईल फोटो
अ+ अ-

बेइजिङ । चीनको राजधानी बेइजिङबाट आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजाबाहक विमान काठमाडौँका लागि उडेको छ ।

चीनले नेपाललाई अनुदान स्वरुप १० लाख खोप दिने घोषणा गरेको थियो । बेइजिङ समय अनुसार बिहानको १० बजे आठ लाख डोज खोप लिएर काठमाण्डौंको लागि उडेको उक्त चार्टर विमान पाँच, साढे पाँच घण्टाको उडानपछि काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताईएको छ । 

त्यस्तै, हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत स्वायत्त क्षेत्र तिब्बत सरकारबाट दिने बताईएको २ लाख डोज खोप क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने बताईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार तीन खेपमा चीनबाट भेरोसिल खोप नेपाल ल्याइने तयारी भएको हो ।