२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः नेपालले भारतसँग खेल्दै



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज शनिबार घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा छ । यद्यपि, बलियो प्रतिद्वन्द्वी भारतलाई हराउन भने नेपाललाई सहज छैन । अर्कोतर्फ भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाल साविक उपविजेता हो भने भारत साविक विजेता । त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । पहिलो खेलमा नेपालले कुवेतसँग ३–१ ले पराजित भएको थियो । यता, भारतले पाकिस्तानविरुद्ध ४–० गोलको सहज जित निकालेको थियो ।

समूह ‘ए’मा रहेको नेपाल अंक विहीन रहँदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन । भारत ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपालले हालसम्म भारतसँग २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । यस संस्करणको साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएका हुन् ।