काठमाडौं । आज चीनबाट ९ लाख डोज खोप नेपाल आइपुग्दै छ । जसमध्ये ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । चीनले नेपाललाई अनुदान स्वरुप १० लाख खोप दिने घोषणा गरेको थियो ।
नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो ८ लाख डोज लिन उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपुर्र्याउने बताईएको छ ।
त्यस्तै, हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत स्वायत्त क्षेत्र तिब्बत सरकारबाट दिने बताईएको २ लाख डोज खोप क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने बताईएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार तीन खेपमा चीनबाट भेरोसिल खोप नेपाल ल्याइने तयारी भएको हो ।












