२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाले दियो आयरल्यान्डलाई ३२६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत श्रीलंकाले आयरल्यान्डसामु ३२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार जिम्बावेस्थित क्विन्स स्पोर्ट्स क्लबमा भइरहेको खेलमा टस हारेपछि ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै ३२५ रनको योगफल जोडेको हो ।

श्रीलंकाका दिमुथ करुणारत्नेले शतकीय इनिङ्स खेले । उनले १०३ बलमा १०३ रन बनाए । यस्तै, सदिरा समराविक्रमाले ८२ रन जोडे । धनन्जय डी सिल्भाले अविजित ४२, चरिथा असलांकाले ३८ र पथुम निसांकाले २० रनको योगदान दिए ।

बलिङतर्फ आयरल्यान्डका मार्क अडायरले चार विकेट लिए । यस्तै बेरी म्याकार्थीले तीन विकेट लिँदा गारेथ डेलानीले दुई विकेट हात गिराए ।

समूह ‘बी’ मा रहेका दुवै टिमको यो तेस्रो खेल हो । समूहमा श्रीलंकाले यसअघिका दुवै खेलमा जित निकाल्दा आयरल्यान्ड भने जितविहीन छ ।