२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वानएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परे थप एक युट्युबर



अ+ अ-

काठमाडौँ । प्रहरीले वानएक्स बेटको प्रचार गरेको आरोपमा थप एक युट्युबरलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो । उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन् ।

काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको जनाएको छ ।

उनले पनि वान एक्स बेटिङको प्रचार–प्रसार गरेको आरोप छ। थापामगर युट्युबमा मोटो–ब्लगिङ गर्दै आएका थिए । उनलाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौँ लगिएको छ ।

यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरिसकेको छ ।