२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेबहालमा इनारमा डुबेको अवस्थामा दुई युवक मृत भेटिए



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । काठमाडौंको भोटेबहालमा इनारमा डुबेको अवस्थामा दुई युवक मृत फेला परेका छन् ।

मृत्यु हुनेमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी सीताराम रिजालको अनुसार नजिकैको घरमा रङ लगाउन पुगेका उनीहरू आज बिहान साढे ८ बजे इनारमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि दिपेन मोटर निकाल्न इनारमा जादा डुब्न पुगेका थिए । दिपेनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको एसएसपी रिजालले जानकारी दिए। अहिले एकजनाको शव इनारबाट निकालिसकिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको छ।