२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्रिय गल्फ टिमको प्रशिक्षकमा तरूण सरदेसाई नियुक्त



अ+ अ-

काठमाडौं । १९औँ एसियाली खेलकुदका लागि तरूण सरदेसाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको छ ।

नेपाल गल्फ संघ र तरूण सरदेसाई बीच एसियन गेम्सको लागि सम्झौता भएको छ । सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेसाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहने छन् । नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दिपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् । एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाओमा‌ हुनेछ ।

तरूण सरदेसाईको नेतृत्वमा नेपाली टिमले भारतको बैंगलुरुस्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरू गरिसकेको छ । एशियन गेम्समा प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुबाश तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैंगलुरु पठाएको हो । नेपाल नम्बर एक एमरच्योर गल्फर सुबाशसँगै सदभाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए । बन्द प्रशिक्षणकै दौरान सुबाश र सदभावले जुलाई १८ देखि १९ सम्म अर्किड कन्ट्री क्लबमा हुने सिंगापुर एमेच्योर ओपनमा सहभागिता जनाउने छन् ।