२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘र’का पूर्वप्रमुख भन्छन्– बलिउडका जासुसी फिल्म देखेर हाँसो लाग्छ



अ+ अ-

एजेन्सी । रिसर्च एण्ड एनालिसिस विंग (आरएडब्लु– र) का पूर्व प्रमुख विक्रम सूदले भारतमा बनेका जासुसी फिल्मलाई निशाना बनाएका छन् ।

उनले भने, ‘हाम्रो देशमा जासुसी पृष्ठभूमि भएका चलचित्रहरू वास्तविकताभन्दा धेरै टाढा छन् । विक्रमले शाहरुख खानको स्पाई थ्रिलर ‘पठान’ नदेखेको र हेर्न नचाहेको बताए ।

‘र’का पूर्व प्रमुख भन्छन् कि हामी रमाइलोका लागि यस्ता फिल्म हेर्न सक्छौं तर सत्यतथ्य खोज्न गयौं भने निराश हुन्छौं । तर, विक्रमले भने कि उनले सलमान खानको २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ हेरेका थिए । यो फिल्म हेरेपछि आफू चर्को स्वरमा हाँसेको विक्रम बताउँछन् ।

द रणवीर शोमा कुरा गर्दै विक्रम सूदले यहाँ जासुसी चलचित्रमा कलाको अभाव रहेको बताए । उनले भने–मैले पठानलाई देखेको छैन र हेरेर समय बर्बाद गर्न चाहन्न । अझ राम्रो बनाउन सकिन्थ्यो ।

तपाई जेम्स बन्ड प्रकारको फिल्म बनाउन चाहानुहुन्छ, तर तथ्य यो हो कि यो आफैमा वास्तविकता फिल्म होइन । तपाईं आफ्नो फिल्ममा देखाउनुहुन्छ कि एक ‘र’ एजेन्ट आईएसआई केटीसँग खुशीसँग बसिरहेको छ । मतलब यो के हो ?

विक्रम यहाँ भन्न चाहन्छन् कि बलिउडमा जेम्स बोन्डको नक्कल गरेर फिल्म बनाइन्छ, जहाँ जेम्स बोन्ड आफैमा फिक्शन फिल्म हो ।

विक्रमले थप भने, ‘मैले सलमान खानको ‘एक था टाइगर’ देखेँ । मलाई त्यो फिल्मले मनोरञ्जन दियो । फिल्मको कथा के हो, फिल्मले के देखाउन खोजेको हो भन्ने कुरामा ध्यानै दिइनँ । मैले फिल्म हेरेँ र ठुलो स्वरले हाँसे ।’