२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः पाकिस्तानसँग भिड्दै नेपाल



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दुबै टोली पहिलो जितको खोजीमा छन् । साथै, दुबै टोली नकआउट चरण पुग्नबाट बञ्चित छन् । तसर्थ दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहँदा पाकिस्तान पनि २ खेलमा अंक विहीन रहँदै पुछारमा रहेको छ ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।

यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

नेपाल र पाकिस्तानबीच हालसम्म १७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा पाकिस्तानले ७ खेल जित्दा नेपालले ५ खेल जितेको छ । साथै, ५ खेल भने बराबरीमा सकिएको छ ।