२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षेत्राधिकार बाहिरका निर्णय नै संसदीय समितिका निर्देशन कार्यान्वयन नहुनुको कारण



अ+ अ-

काठमाडौँ । संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नहुनुमा समितिले क्षेत्राधिकारभित्र बसेर निर्देशन नगर्नु प्रमुख कारण रहेको पाइएको छ ।

मंगलवार दिगो विकास तथा सुशासन समितिको बैठकमा समितिको निर्देशन कार्यान्वयनको बारेमा नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको अध्ययन प्रतिवेदन यस्तो पाइएको हो ।

समितिको बैठकमा बोल्दै संविधानविद् खिमलाल देवकोटाले संसदीय समितिले दिने गरेका निर्देशन कार्यान्वयन नहुनुको कारणहरुमा समितिले क्षेत्राधिकारभित्र बसेर निर्देशन नगर्ने गरेको पाइएको बताउनु भयो । उहाँले चर्चाको विषयलाई कुनैपनि समितिले छलफल गरेर निर्देशन दिइहाल्ने परिपाटी रहेको बताउनु भयो । उहाँले निर्णयको गाम्भीर्यता र गुणस्तर हुन नसक्नु पनि निर्देशन कार्यान्वयन नहुनुको अर्को कारण भएको बताउनु भयो । उहाँले निर्णय गर्ने तर कार्यान्वयन भए नभएको अनुगमन नगर्ने साथै निर्देशन कार्यान्वयन गर्नेहरुको तत्परताले पनि निर्देशनहरु कार्यान्वयन हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिले दिएका निर्देशन कार्यान्वयन नहुनुका कारण भनेको समितिले क्षेत्राधिकारभित्र बसेर निर्देशन नगर्ने, पपुलिस्ट कुरा छ भनेपछि गरीहालौँ नि त भन्ने जस्तो कारण छ । निर्णयको गाम्भीर्यता,गुणस्तर, स्तरमा प्रश्न छ । तेस्रो निर्णय गर्ने तर कार्यान्वयन भए नभएको भनेर अनुगमन नगर्ने समस्या देखिएको छ र निर्देशन कार्यान्वयन गर्नेहरुको तत्परता त्यो कुरा रहेछ । संसदीय समितिलाई मिनि संसद भनिन्छ, कतिपय देशमा मिनि पाल्र्यामेण्टलाई संसद भन्दा महत्वका साथ हेरिन्छ । मन्त्री आएन भने बैठक स्थगित गर्ने गरिन्छ । इन्कार गरे कैद जरिबाना गर्नेसम्मको अधिकार राख्छ ।’

संविधानविद् देवकोटाले कतिपय देशमा संसदीय समितिलाई संसद भन्दा महत्वका साथ हेरिने गरेपन िनेपालमा भने बोलाएका मन्त्री, सचिव, सम्बन्धित निकाय नआए बैठक नै स्थगन गर्ने तर कारबाहीको प्रक्रिया नबढाउने हुँदा संसदीय समिति प्रभावकारी बन्न नसकेको बताउनु भयो ।




भर्खरै