काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । आइतबार बस्ने तय भए पनि स्थगित गरिएको बैठक सोमबार बिहान बस्न लागेको हो । आजको बैठकमा स्पष्टीकरण सोधिएका एमाले नेताहरुलाई थप कारबाहीलगायतका विषयमा छलफल गरिने बताईएको छ ।
साथै पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै बैठकले आवश्यक निर्णय लिने पनि बताईएको छ ।
यसअघि १० जेठको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।












