२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने



तस्बिर: रासस
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुनेभएको छ ।

आज विहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

आजको बैठकमा विभिन्न सांसदहरुले प्रस्तुत खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस गरिनेछ । सांसदहरु नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी, दामोदर भण्डारी, बलराम अधिकारी, वसन्तकुमार नेम्वाङ, लिलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, सुमना श्रेष्ठ, दामोदर पौडले, दीपा शर्मा, गोकर्ण विष्टले खर्च कटौतीको प्रस्ताव गर्नुभएको छ ।

साथै प्रभु साह, गोकुलप्रसाद बाँस्कोटा, ठाकुरप्रसाद गैरे, सूर्यबहादुर थापा क्षेत्री, स्वर्णीम वाग्ले, जुलीकुमारी महतो (महासेठ), सूर्यप्रसाद ढकाल, महेशकुमार बर्तौला, अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह, योगेशकुमार भट्टराई, सराज अहमद फारुकी, हरिप्रसाद उप्रेती, पदम गिरीले पनि विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको छ ।

त्यसपछि आजकै बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भन्न् प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरी दफावार छलफलका लागि दिन तोकिनेछ ।