२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० दिनभित्र विवरण बुझाउन सहकारीलाई काठमाडौँ महानगरको निर्देशन 



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थालाई साधारणसभा र लेखापरीक्षणलगायतका विवरण ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै महानगरले कानूनी व्यवस्था हुँदाहुँदै पनि केही सहकारी संस्थाले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका बमोजिमका विवरणहरु समयमै पेस नगरेकाले पेस गर्न निर्देशन दिएको हो । तोकिएको ३० दिनभित्र विवरण नबुझाए कानून बमोजिम कारबाही गरिने समेत महानगरले उल्लेख गरेको छ ।

‘काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा तीन महिनाभित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरु बुझाउनुपर्ने व्यवस्था छ । ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरु, दफा ८१ ले सजाय, दफा ८२ले जरिवाना र दफा ६६ ले सहकारीको बिघटन वा दर्ता खारेजीको व्यवस्था समेत गरेको छ’, महानगरले भनेको छ ।