२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्थाप्रति जनतामा जगाएको आशा सबभन्दा ठूलो उपलब्धि : प्रधानमन्त्री



अ+ अ-

फोटो -प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा वर्तमान सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले आफ्नो नेतृत्वमा सरकार बनेपछि जनताको निराशा कम भएको बताउनुभयो ।

“मैले सरकारको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु, मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, अहिले त्यसमा सुधार भएको छ”, उहाँले भन्नुभयो ।

हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको र यसले जनतामा विश्वास जाग्न सुरु भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

“नक्कली भुटानी शरर्णाी प्रकरणबाट सरकारले कानुनको सर्वोच्चता मात्र स्थापित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ”, उहाँले भन्नुभयो ।