२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिक हस्पिटलमा कार्डियोलोजीको फ्रि ओपिडी हुने



अ+ अ-

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार(असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ ।

गत शनिवार(असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले नि:शुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो । सर्वसाधारणहरुको अत्यधिक सहभागिता र मागका कारण डा. सिलवालको टिमले आगामी शनिवार पनि पुन: मुटुरोगसम्बन्धी नि:शुल्क ओपिडी सञ्चालन गर्ने भएको हो ।

शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म नि:शुल्क ओपिडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

नि:शुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ ।

नेपालीहरुमा पछिल्लो समय मुटुसम्बन्धी समस्या बढ्दो छ । यही कुरालाई मध्यनजर गरी फ्रि कार्डियोलोजी ओपिडी सञ्चालन भइरहेको हो ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा नि:शुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।